News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बेत्रावतीस्थित सातबिसे फाँटमा घरका छतबाट पीडितहरूले उद्धारका लागि हात उठाइरहेको देखिएको छ।
- गोरखापत्रका पत्रकार केशव न्यौपानेले कालिकास्थानबाट जुम गरेर हेर्दा त्यहाँ मानिसहरूले उद्धार खोजिरहेको बताए।
- न्यौपानेले क्यामेराको ब्याट्री सकिएकाले तस्वीर पठाउन नसकिएको र मोबाइल पनि धेरै चल्ने स्थिति नरहेको बताए।
१० भदौ, काठमाडौं । रसुवाको बेत्रावतीस्थित सातबिसे फाँटमा पीडितहरूले उद्धारका हात उठाइरहेका दृष्य देखिएका छन् ।
कालिकास्थानबाट गोरखापत्रका पत्रकार केशव न्यौपानेले क्यामेरा जुम गरेर हेर्दा पीडितहरूले उद्धारको हात उठाइरहेको देखिएको बताएका छन् ।
‘घरहरूको छतमा मानिसहरू छन्, उनीहरूले हात उठाइरहेको देखियो,’ न्यौपानेले भने, ‘तर थप केही गर्न सकिने स्थिति छैन ।’
अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आएका उनले क्यामेराको ब्याट्री सकिएकाले तस्वीर पठाउन नसकिएको उनले बताए ।
‘मोबाइल पनि अब धेरै चल्ने स्थिति छैन,’ उनले भने, ‘यहाँबाट पारी मैले जुम गरेर हेर्दा त्यहाँ मानिसहरूले उद्धार खोजिरहेको देखेँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4