+
+
Shares

रसुवा बाढीबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

सांसदहरूले रसुवा बाढीबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले विपद्पछिको अवस्थामा कुनै कमी नहुने गरी काम गर्न सरकारलाई आग्रह गरेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीबारे सांसदहरूले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराउँदै उद्धार, राहत र पुनःस्थापनामा युद्धस्तरको काम गर्न आग्रह गरेका छन्।
  • कांग्रेस सांसद अर्जुननरसिंह केसी र मोहन आचार्यले राष्ट्रिय विपद् घोषणा गरेर सबै दलको विश्वासमा अघि बढ्न तथा हेलिकप्टरमार्फत उद्धार गर्न सरकारलाई सुझाएका छन्।
  • रास्वपाकी बसु माया तामाङ र एमालेका पुष्पराज कंडेलले बाढीले अर्बौं क्षति पुर्‍याएको, घरबारविहीनलाई राहत र घाइतेको निशुल्क उपचार आवश्यक रहेको बताएका छन्।

१० भदौ, काठमाडौं । सांसदहरूले रसुवा बाढीबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले विपद्पछिको अवस्थामा कुनै कमी नहुने गरी काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बिभिन्न क्षेत्रको क्षतिको विवरण सुनाउँदै सरकार गम्भीर हुनुपर्ने बताए ।

‘यो राष्ट्रिय विपद्को स्थितिमा हामी कोही कुनै पार्टीका छैनौं । सबै नेपाली छौं । नेपालीलाई परेको दुःखलाई नेपालीले कति आफ्नो हदसम्म सहयोग गर्न सकिन्छ हामी त्यतातिर केन्द्रित हुनुपर्ने छ’ उनले भने ।

यसमा सरकारले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताए । सरकारले सबैभन्दा पहिले उद्धारमा ध्यान दिनुपर्ने सुझाए । उद्धारपछि राहत दिइनुपर्ने उनले बताए ।

यसपछि पुर्नस्थापना गरिनुपर्ने र यस निम्ति सरकारले योजना ल्याउनुपर्ने बताए ।

निर्बलहरूको ठूलो शक्ति राज्य भएकोले निर्बल हुँदा राज्यले नागरिकलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । साथै, विद्युत आयोजनमा परेको क्षतिले असर गर्नसक्नेतर्फ पनि उनले ख्याल गर्नुपर्ने बताएका छन् ।

‘सरकारले युद्धस्तरमा काम गर्नुपर्ने छ । हामी सम्पूर्ण दलहरू सरकारको साथमा छौं’ उनले भनेका छन्, ‘यसमा सरकारले गम्भीरतापूर्वक हेरोस् । ओठे भक्तिले मात्रै हुँदैन । कुराले मात्रै हुँदैन । व्यवहारिक रुपमा यसलाई रुपान्तरण गर्न सरकार सफल होस् भन्ने मेरो हार्दिक रुपबाट आग्रह छ ।’

गृहमन्त्रालयले बाढीबारे जानकारी संसद्लाई दिनुपर्ने पनि माग राखेका छन् ।

नेपाली कांग्रेसकै सांसद मोहन आचार्यले यस किसिमको विपत्ति अहिलेको शताब्दीकै ठूलो भएको बताए । राष्ट्रिय विपद् घोषणा गरेर उद्धार र राहतमा जुट्न आग्रह गरे ।

सडक सञ्जाल टुटेकाले हेलिकप्रबाट मात्रै उद्धार गर्न सकिने सुझाए । रास्वपाकी सांउसद बसु माया तामाङले बाढीले अर्बौं क्षति पुर्‍याएको बताइन् ।

‘हामी सरकारमै छौं । सरकार हाम्रै हो । तर विपद्को यति ठूलो संकटमा आफ्नै सरकार भनेर मुकदर्शक बनेर बस्न सकिँदैन् । सरकारलाई तत्काल एक्सनमा उतार्नु र जनतालाई सतर्क गराउनु हाम्रो पहिलो कर्तव्य हो’ उनले भनिन् ।

सरकारले तत्काल हेलिकप्टर सहितको टोली पूर्ण क्षमतामा परिचालन गरेर खोजी कार्य गरिनुपर्ने बताए । घरबारबीहिन भएकलाई खानपानर घाइतेहरूको निशुल्क उपचार गराउन माग गरिन् ।

सडक सञ्जाल जोड्ने उपाय खोज्न र क्षतिपुर्तिको प्याकेज ल्याउन माग गरिन् । नदीको बहाव नघटुन्जेल सतर्क रहन नागरिकहरूलाई पनि अनुरोध गरिन् ।

नेकपा एमालेका सांसद पुष्पराज कंडेलले भौत्तिक क्षति धेरै भएको बताए । धादिङमा भन्दा बढी नुवाकोटमा र नुवाकोटमा भन्दा बढी रसुवामा बढी क्षति भएको विवरण आएको उनले सुनाए ।

उद्धार र राहत तथा दीर्घकालीन योजना निर्माणमा सबै एकै ठाउँमा अगाडि बढ्न आवश्यक रहेको बताए ।

राप्रपाकी सांसद सरस्वती लामाले सडक सञ्जाल नै टुटेकाले उद्धार र राहतमा समस्या भएको बताइन् ।

२०७२ सालको भुकम्पका बेला झैँ एकै भएर सबैले काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?