+
+
Shares

विपद्‌मा पशु स्वास्थ्यलाई प्राथमिकता : रसुवा, नुवाकोट र धादिङमा विशेष टोली खटाउन कृषि मन्त्रालयको निर्देशन

विपद् समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने जोखिम देखिएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागलाई रोकथाम र नियन्त्रणका उपाय तत्काल अपनाउन निर्देशन दिएको छ।
  • मन्त्री गीता चौधरीले रसुवा, नुवाकोट र धादिङमा विशेष टोली परिचालन गरी पशु स्वास्थ्यको निगरानी, रोग पहिचान, रोकथाम र नियन्त्रण अघि बढाउन भनेकी छिन्।
  • मन्त्रालयले विपद् समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्न र निकायबीच प्रभावकारी समन्वय गर्न जोड दिएको छ।

१० भदौ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने सम्भावना मध्यनजर गर्दै आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय तत्काल अवलम्बन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको छ ।

बाढीका कारण पशुचौपाया आवतजावत तथा सम्पर्क बढ्न सक्ने र त्यसबाट संक्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको हो ।

विशेषगरी रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्य सम्बन्धी निगरानी, रोग पहिचान, रोकथाम तथा नियन्त्रणका आवश्यक कार्य अघि बढाउन कृषिमन्त्री गीता चौधरीले पशु सेवा विभागलाई भनेकी छिन् ।

विपद् समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने मन्त्रालयले जनाएको छ ।

सम्भावित पशुजन्य रोगको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै तत्काल आवश्यक कदम चाल्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?