News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले महासचिव शंकर पोखरेलले विपद्पछिको खोज, उद्धार, राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताउनुभयो ।
- सिंहदरबारको सर्वदलीय बैठकमा पोखरेलले शव पहिचान गरी परिवारलाई हस्तान्तरण गर्नुपर्ने र सबै दल एक भएर काम गर्न आग्रह गर्नुभयो ।
- बैठकमा रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र जसपा नेपालका नेताहरू सहभागी थिए ।
११ भदौ, काठमाडौं । नेकपा एमालेले विपद्पछिको खोज, उद्धार, राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताएको छ ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेका महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।
सर्वदलीय बैठक राखेकोमा धन्यवाद दिँदै पोखरेलले भने, ‘विपद्पछिको खोज, उद्धार, राहत र पुनर्स्थापनामा प्रधानमन्त्रीले अग्रसरता लिनुपर्छ ।’
सरकारको साथमा सबै दल एक भएर जाने पनि उनको आग्रह छ ।
शव पहिचान र परिवारलाई हस्तान्तरण गर्नुपर्ने उनले बताए ।
‘बेपत्ताको खोजीदेखि सबै काममा एक भएर काम गरौं । प्रभावकारी समन्वय गरौं,’ उनले भनेका छन् ।
सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित थिए ।
अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदीश खरेल लगायत उपस्थित रहेका थिए ।
प्रतिक्रिया 4