+
+
Shares

बाढी प्रभावितको उद्धार र राहतमा परिचालित हुन कार्यकर्तालाई एमालेको निर्देशन

च्यासलमा बसेको सचिवालय बैठकले तत्काल उद्धार कार्यमा परिचालित हुन निर्देशन दिने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित जिल्लामा तत्काल खोजी, उद्धार र राहतमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ।
  • च्यासलमा बसेको सचिवालय बैठकले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै मानवीय सहायतामा सक्रिय हुन नेताकार्यकर्तालाई विशेष निर्देशन गरेको छ।
  • एमालेको वक्तव्यमा सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य र जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा अग्रपंक्तिमा खटिन भनिएको छ।

१० भदौ, काठमाडौं । नेकपा एमालेले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका बाढी प्रभावितहरुको उद्धार कार्यमा परिचालित हुन पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले तत्काल उद्धार कार्यमा परिचालित हुन निर्देशन दिने निर्णय गरेको हो ।

‘सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय रुपमा जुट्न, स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपंक्तिमा रहेर खटिन विशेष निर्देशन गर्दछु,’ एमालेको बक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?