News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीपछि सम्पर्कबिहिन व्यक्तिको खोजीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘सेतु र्यापिड एप’ सञ्चालनमा ल्याएको छ।
- प्राधिकरणका अनुसार आफन्तले एपमा विवरण भर्दा अहिलेसम्म करिब १५ सय फारम परेका छन्, जसमा डुप्लिकेशन हुन सक्ने भएकाले भेरिफाइ भइरहेको छ।
- प्राधिकरणले हालसम्म ९७७ व्यक्ति हराएको यकिन भएको र बाँकी विवरण साँझसम्म आउने जनाएको छ।
१२ भदौ, काठमाडौं । रसुवा बाढीपछि सम्पर्कबिहिन भएका मानिसहरु खोजी गर्न ‘सेतु र्यापिड एप’ सञ्चालनमा ल्याइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो एप सञ्चालनमा ल्याएको हो । यसमा अन्य निकायका प्राविधिक टिम समेत बसेर काम भइरहेको प्राधिकरणका उपसचिव रामबहादुर केसी बताउँछन् ।
उनका अनुसार हराएका व्यक्तिका आफन्तहरुले यो एपमा विवरण भर्न सक्नेछन् । अहिलेसम्म करिब १५ सय व्यक्तिले फारम भरेका छन् । यसरी भरिएका फारमहरुमा डुप्लिकेशन हुनसक्ने, एउटै मान्छे खोजिगरीदिन भन्दै पटक–पटक भारम भरेको हुनसक्ने, फारम भरिसकेको व्यक्तिको उद्दार भइसकेको वा शव भेटिएको हुनसक्ने भएकाले डुप्लिकेशन हुनसक्ने उपसचिव केसी बताउँछन् ।
यसरी आएको फारमलाई ‘रअ’ डाटाका रुपमा लिएर त्यसलाई भेरिफाई गरेपछि मात्रै यकिन कति मान्छे हराएको भनेर विवरण आएको पुष्टि हुने उनले बताए । उनका अनुसार ९७७ व्यक्ति हराएको भनेर यकिन भएको छ ।
बाँकीको हकमा भने भेरिफाइको काम हुँदैछ । आजको डाटाका भने साँझसम्म आउने उनले बताए ।
प्रतिक्रिया 4