+
+
Shares

‘पाहुना टूर’ मा अस्ट्रेलिया पुगेका सुशान्तले उतैबाट गरे प्रधानमन्त्री कोषमा सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १४:२७

काठमाडौं । गायक सुशान्त केसी अहिले पाहुना टूरको सिलसिलामा अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा छन् । टूरकै क्रममा नेपालको भोटेकोशीमा विनाशकारी बाढी आयो ।

जनधनको व्यापक क्षति हुने गरि आएको बाढीले सुशान्तको उक्त कन्सर्ट समेत प्रभावित बन्यो । सोही क्रममा सुशान्तले अब यो टूर मनोरञ्जनको माध्यम मात्र नभएर दुःखमा परेका आफ्ना मानिसको साथमा उभिने र मातृभूमिप्रति जिम्मेवारी निभाउने माध्यम बनेको बताएका थिए ।

साथै, सबै मानिसलाई एक ठाउँमा ल्याउने शक्ति संगीतमा हुने बताउँदै उनले यतिबेला जरुरी भएका व्यक्तिलाई सहयोगको खाँचो भएकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका थिए ।

‘सहयोग सानो ठूलो भन्ने हुँदैन । सहयोग गर्ने ठाउँमा रहेकाले आफ्नो तरिकाले मद्दत गर्न सक्नुहुनेछ’ उनले लेखेका छन् ।

त्यसबेला बाढी प्रभावितको लागि १० लाख रुपैयाँ दिने घोषणा पनि उनले गरेका थिए । घोषणा गरेअनुसार नै केसीले आइतबार उक्त राहत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?