+
+
Shares

रास्वपा बैठकमा रविको निर्देशन : देखावटीभन्दा प्रभावकारी सहयोग प्राथमिकतामा राख्नू

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले रसुवा बाढी प्रभावितको सुरक्षालाई पहिलो प्राथमिकता राख्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले रसुवा बाढी प्रभावितको सुरक्षालाई पहिलो प्राथमिकता राख्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
  • उनले राहत तथा उद्धारमा देखावटीभन्दा प्रभावकारी सहयोग गर्न, फोटो र प्रचारका लागि राहत नबाँड्न तथा स्वयंसेवकलाई आवश्यक तयारीपछि मात्र परिचालन गर्न भनेका छन्।
  • लामिछानेले प्रभावित क्षेत्रमा बिना पूर्वसूचना पुगेका सांसदलाई तत्काल फर्किन, अपुष्ट सूचना नदिन र मृतकबारे सम्मानजनक तथा संवेदनशील भाषा प्रयोग गर्न निर्देशन दिएका छन्।

१४ भदौ, काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले रसुवा बाढी प्रभावितको सुरक्षालाई पहिलो प्राथमिकता राख्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले देखावटीभन्दा प्रभावकारी सहयोग र प्रभावित नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिन भनेका हुन्।

‘राहत तथा उद्धार कार्यमा देखावटीभन्दा प्रभावकारी सहयोग र प्रभावित नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नू’ रविको निर्देर्शन थियो।

त्यस्तै उनले फोटो तथा प्रचारका लागि मात्र राहत वितरण गर्ने कार्य नगर्न पनि निर्देशन दिएका छन्। उनले पार्टीका स्वयमसेवक परिचालन गर्दा पनि आवश्यक तयारी गरेर मात्र गर्न भनेका छन्।

स्वयंसेवक परिचालन गर्दा आवश्यक सुरक्षा सामग्री, तालिम तथा समन्वय सुनिश्चित गर्न पनि निर्देशन दिए।

प्रभावित क्षेत्रमा सूचना नदिई पुगेका सांसदहरूलाई समेत तत्काल फर्किन उनले निर्देशन दिएका छन्। ‘हाम्रो पार्टीको तर्फबाट पनि अनावश्यक माग वा हस्तक्षेप नगरी आवश्यक समन्वय र सहयोगमा मात्र केन्द्रित रहौँ,’ उनले भने, ‘प्रभावित क्षेत्रमा बिना पूर्वसूचना पुग्नुभएका सांसदहरूलाई समेत तत्काल फर्किन निर्देशन, ताकि उद्धार तथा राहत कार्यमा थप भीडभाड वा दोहोरोपन नहोस्।’

उनले हरेक दिन कम्तीमा ३ पटक प्रेस ब्रिफिङमार्फत आधिकारिक सूचना सार्वजनिक आवश्यक रहेको बताएका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वयका लागि अनुभवी सहसचिवलाई तत्काल खटाउन प्रधानमन्त्री कार्यालयले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीको कमान्ड सेन्टरबाट हुन काम र सरकारी सयन्त्रबाट हुने काममा दोहोरोपना नआउने गरी काम गर्न पनि उनले निर्देशन दिए।

साथै मृतकको संख्या वा अवस्थाबारे अपुष्ट सूचना नदिन, शव व्यवस्थापनजस्ता शब्द प्रयोग नगरी सम्मानजनक र संवेदनशील भाषामा मृतकको व्यवस्थापन तथा अन्त्यष्टि भन्न पनि उनको निर्देशन छ।

लासलाई शव भन्न पनि उनले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?