News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली शिवराजले आगामी नेपाल भलिबल लिगका लागि पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरेको छ।
- स्मेटेक कर्णाली शिवराजका लागि अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन्।
- टोलीले आगामी सिजनका लागि नेपाली र विदेशी खेलाडी अनुबन्धलाई तीव्रता दिइरहेको छ।
१५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराज ले आगामी सिजनका लागि पोल्यान्डका सेटर एमिलियन स्मेटेक लाई अनुबन्ध गरेको छ ।
स्मेटेक कर्णाली शिवराजका लागि अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् । टोलीले विदेशी खेलाडी भित्र्याउँदै आगामी एनभीएलका लागि आफ्नो टोली निर्माणलाई थप बलियो बनाउने अभियान अघि बढाएको जनाएको छ ।
सेटरको भूमिकामा खेल्ने स्मेटेकले टोलीको आक्रमण निर्माण, खेल सञ्चालन र समन्वयमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ ।
कर्णाली शिवराजले आगामी सिजनका लागि नेपाली तथा विदेशी खेलाडी अनुबन्धलाई तीव्रता दिँदै प्रतिस्पर्धात्मक टोली तयार पार्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4