+
+
Shares

‘गोरखामा पहिरो गएको हो, नदी थुनिएको छैन’

करिब ३५०० मिटरको उचाईमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको शर्माले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते ११:२६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुम क्षेत्रमा पहिरो गए पनि बूढीगण्डकी थुनिएको हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

१५ भदौ, काठमाडौं । गोरखामा पहिरो गएर बूढीगण्डकी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार चुम क्षेत्रमा पहिरो गएको सत्य भए पनि नदी थुनिएको छैन ।

करिब ३५०० मिटरको उचाईमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको शर्माले बताए । ‘पहिरो गएको हो, नदी थुनिएको हल्ला सत्य होइन’ शर्माले भने ।

पहिरोबारे थप जानकारी लिने काम भइरहेको पनि उनले बताए ।

छेकम्पार चौरी खर्क पारी ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी थुनेको भन्ने हल्ला केहीबेर देखि सामाजिक सञ्जालमा फैलिइरहेको छ ।

पहिरोले केही समय नदी थुनिएको भए पनि अहिले बग्न थालिसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । लामाका अनुसार छेकम्पारस्थित चौरी खर्कमा पहिरो गएर बूढीगण्डकीको सहायक नदी स्यार खोला थुनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?