+
+
Shares

अपर त्रिशूली ३ बी जलविद्युत् आयोजनामा फसेकाको उद्धारलाई तीव्रता दिन अपिल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि सम्पर्कविहीन इन्जिनियर हेमन्तराज जोशीका परिवारले अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा तत्काल उद्धार अघि बढाउन सरकारलाई अपिल गरेका छन् ।
  • जोशीकी श्रीमती हृदयश्वरीले भिडियोमार्फत् ‘त्यहाँ उद्धार कार्यक्रम गर्न ढिलो भइसकेको छ’ भन्दै आजै उद्धार गर्न आग्रह गरेकी छन् ।
  • हृदयश्वरीले जोशीसँगै अन्य ४५ जना पनि आयोजना स्थलबाट बाढीपछि सम्पर्कसविहीन भएको सूचना पाएको बताएकी छन् ।

१५ भदौ, काठमाडौं । रसुवाको बाढीमा परेर सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीको परिवारले सरकारलाई चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपिल गरेको छ ।

६ दिनअघि आएको बाढीमा परी बेपत्ता भएका इन्जिनियर जोशीकी श्रीमती हृदयश्वरी जोशीले भिडियोमार्फत् अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन अपिल गरेकी हुन् ।

‘त्यहाँ उद्धार कार्यक्रम गर्न ढिलो भइसकेको छ,’ उनले भिडियोमा भनेकी छन्, ‘अब सरकारले ढिला नगरी चाँडोभन्दा चाँडो आजै उद्धार गरिदियो भने म मेरो श्रीमान्को सास पाउने पूर्ण विश्वासमा छु । म सरकारलाई यही अपिल गर्न चाहन्छु ।’

हृदयश्वरीले अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धारको काम सुरू भए आफूलाई श्रीमान् फेला पर्ने पूर्ण विश्वास रहेको पनि भिडियोमा उल्लेख गरेकी छन् ।

‘६ दिनपछि आज बल्ल अपर त्रिशूली थ्री बीको सामाजिक सञ्जालमा न्युज आउँदाखेरि मलाई अझै पनि आश पलाएको छ,’ उनले भनेकी छन्, ‘त्यहाँ उद्धार कार्यक्रम छिटोभन्दा छिटो भयो भने मेरो श्रीमान म जिवित पाउने छु भन्ने पूर्ण आश छ । मलाई पूर्ण विश्वास छ ।’

हृदयश्वरीले आफ्ना श्रीमानसँगै अन्य ४५ जना पनि आयोजना स्थलबाट बाढीपछि सम्पर्कसविहीन भएको सूचना आफूले पाएको बताएकी छन् ।

इन्जिनियर जोशीकी बहिनी सावित्री जोशीले सम्पर्कविहीन भएको छ दिनसम्म पनि यकिन सूचना नपाउँदा परिवारको चिन्ता बढ्दै गएको बताइन् ।

‘हरेकपटक फोन बज्दा उहाँ भेटिनुभयो कि भन्ने आशा हुन्छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘अहिलेसम्म दाइको कुनै खबर पाएका छैनौं । दिनदिनै हाम्रो पीडा झन् झन् बढिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?