+
+
Shares

प्रदेश र स्थानीय तहसँग समन्वय गर्न कांग्रेसको आग्रह

कांग्रेस संसदीय दलले सरकारलाई बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न आग्रह हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलले रसुवा बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्न सरकारलाई आग्रह गरेको छ।
  • दलका नेता भीष्मराज आङदेम्बेले प्रभावित क्षेत्रमा तहगत समन्वयको अभाव देखिएको र पीडितले राहत व्यवस्थित नभएको गुनासो गरेको बैठकमा ब्रिफिङ गरेका थिए।
  • कांग्रेसले बेपत्ता खोजी, घाइते उपचार, विस्थापितको पुनर्स्थापना, क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना र पृथ्वी राजमार्ग अवरोधका बीच वैकल्पिक सडक व्यवस्थापन गर्न पनि सरकारसँग माग गरेको छ।

१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलले सरकारलाई बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्न आग्रह हो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकमा दलका नेता भीष्मराज आङदेम्बेले बाढी प्रभावित क्षेत्रमा पुग्दा तहगत समन्वयको अभाव देखिएको ‘ब्रिफिङ’ गरेका थिए ।

बैठकका निर्णय सार्वजनिक गर्दै दलले भनेको छ, ‘नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले बाढी प्रभावित क्षेत्रहरुमा पुगेर जानकारी लिनु हुँदा तहगत समन्वयको अभाव देखिएको, उद्दार राहत पुनस्र्थापना व्यवस्थित र प्रभावकारी नभएको भन्ने पिडीत स्थानीयको गुनासो रहेको हुँदा यस सम्बन्धमा समन्यायिक ढङ्गले संघ, प्रदेश र स्थानीय तिनै तहका सरकारसंगको समन्वयात्मक रुपमा कार्य गर्न सरकारलाई यो बैठक आग्रह गर्दछ ।’

बैठकले बाढी प्रभावित जिल्लाका विद्यमान समस्याहरूका बारेमा गहन छलफलका लागि सदन सुचारु गराउन पनि सरकारसँग आग्रह गरेको छ । कांग्रेसले बेपत्ता नागरिकको खोजी, उद्धार तथा घाइतेहरूको उपचार, विस्थापित घरपरिवारलाई पुनर्स्थापना र पीडितहरूको मनोपरामर्श कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

‘बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य अत्यावश्यक पूर्वाधारको पुनःस्थापना गरी प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्दछौं,’ दलले भनेको छ ।

कांग्रेसले बाढीका कारण देशको प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध भई यातायात तथा आपूर्ति व्यवस्था प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै सुरक्षित र वैकल्पिक सडकको माध्यमलाई व्यवस्थापन गर्न र दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुन सक्ने सम्भावनाप्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘यस परिस्थितिमा दैनिक उपभोग्य वस्तुको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न र बजार अनुगमनलाई कडाइ गर्न सरकारसँग माग गर्दछ,’ प्रमुख सचेतक बासना थापाले निर्णय सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?