+
+
Shares

बुढानिलकण्ठको लेमन ट्री प्रेमियरलाई ‘बेस्ट वेलनेस होटल’ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेमन ट्री प्रेमियर बुढानिलकण्ठले भारतको नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा ‘बेस्ट वेलनेस होटल’को पुरस्कार प्राप्त गरेको छ।
  • होटलले उत्कृष्ट सेवा, अतिथि सत्कार र गुणस्तरीय वेलनेस अनुभवका कारण सम्मान पाएको जनाएको छ।
  • होटलले भोटेकोशी नदीको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।

१५ भदौ, काठमाडौं ।लेमन ट्री प्रेमियर बुढानिलकण्ठले भारतको नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा ‘बेस्ट वेलनेस होटल’को पुरस्कार प्राप्त गरेको छ।

होटलले उत्कृष्ट सेवा, अतिथि सत्कार तथा पाहुनालाई प्रदान गर्दै आएको गुणस्तरीय वेलनेस अनुभवका लागि उक्त सम्मान प्राप्त गरेको जनाएको छ।

पुरस्कारले नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन सहयोग पुग्ने होटलको विश्वास छ। होटलले आगामी दिनमा पनि गुणस्तरीय आतिथ्य, उत्कृष्ट सेवा र अविस्मरणीय अनुभव प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

होटलले पुरस्कारका लागि छनोट गर्ने निर्णायक मण्डलसँगै आफ्ना पाहुना, शुभेच्छुक तथा निरन्तर साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

यसैबीच, होटलले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?