News Summary
Generated by OK AI. Editorially reviewed.- हार्दिक फिटनेसले २९औं वार्षिकोत्सवमा पहिलो पटक पिकलबल र खुल्ला टेबलटेनिस प्रतियोगिता आयोजना गरेको छ ।
- पिकलबल पुरुष एकलमा सुवर्ण शाह र प्रनव खनाल फाइनल पुगेका छन् भने पुरुष डबलमा लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडी उपाधि भिडन्तमा पुगेको छ ।
- टेबलटेनिस पुरुष एकलमा प्रजिल भट्टराई र हिमाल विष्ट, महिला एकलमा वियान्का राई र दिया देउला तथा भेटरान्स एकलमा चन्दन शाही र ठाकुर थापा फाइनलमा पुगेका छन् ।
१५ भदौ, काठमाडौं । हार्दिक फिटनेसले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा खुल्ला टेबलटेनिस र पिकलबल प्रतियोगिताको आयोजना गरेको छ ।
पुल्चोकमा रहेको हार्दिक फिटनेसले पिकलबल प्रतियोगता पहिलो पटक आयोजना गरेको हो । पिकलबलअन्तर्गत शुक्रबार पुरुष एकलमाम सुवर्ण शाह र प्रनव खनाल फाइनलमा पुगेका छन् ।
यसैगरी पुरुष डबलमा लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडीले सुवर्ण र समीर पोखरेलको जोडीसँग उपाधि भिडन्त गर्नेछ ।
टेबलटेनिस पुरुष एकलमा प्रजिल भट्टराई र हिमाल विष्ट तथा महिला एकलमा वियान्का राई र दिया देउला फाइनलमा पुगे । यसैगरी भेटरान्स एकलको च्याम्पियन बन्न चन्दन शाही र ठाकुर थापाले एकअर्कासँग खेल्नेछन् ।
नेपालमा नयाँ खेलको रुपमा रहेको पिकबलमा ३६ जनाले एकल र ४६ टिमले डबल्समा सहभागिता जनाएका छन् । यसैगरी टेबलटेनसमा ७१ पुरुष, २२ महिलार ४२ भेटरान्स गरी कूल १३५ जना खेलाडीको सहभागिता रहेको छ ।
दुवै खेलका प्रत्येक इभेन्टमा विजेताले ३० हजार, उपवजेताले १५ हजार र तेस्रो स्थान बनाउने खेलाडीले जनही पाँच हजार रुपियाँ प्राप्त गर्नेछन् । यसैगरी सबै विजेतालाई हार्दिक फिटनेसको निशुल्क सदस्यता पनि प्रदान गरिनेछ ।
हार्दिक फिटनेसका ओपरेसन्स मेनेजर विपिन महर्जनले दुवै खेलमा सहभागिता र पहिलो पटक पिकलबलको आयोजना गरेर इतिहास बनाएको बताए ।
‘यस प्रतियोगतामा राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहेको छ । त्यसैले यसपटकको आयोेजना विशेष भएको छ’ उनले भने ।
यसैगरी हार्दिक फिटनेसका सञ्चालक विराज विष्टले विशेषत पहिलो पटक पिकलबल प्रतियोगता आयोजना गर्न सकेकोमा खुशी व्यक्त गरे ।
प्रतिक्रिया 4