+
+
Shares

बाढी प्रभावितलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा, नुवाकोट हुँदै धादिङको ढुँडेसम्म आएको बाढीबाट प्रभावित गल्छी गाउँपालिका-३ का बाढीपीडितलाई अभिनेत्री एलिजा गौतमले धादिङ क्याम्पसमा खाना खुवाइन्।
  • बाढीले धादिङका विभिन्न स्थानमा घर र संरचना बगाएको छ, धेरै परिवार विस्थापित भएका छन् र केहीले आफन्तसमेत गुमाएका छन्।
  • विपत्तिपछि सुरक्षित स्थानमा आश्रय लिएका परिवारलाई खाद्यान्न, आवास र अन्य आधारभूत आवश्यकताको खाँचो रहेको छ।

धादिङ । रसुवा, नुवाकोट हुँदै धादिङको ढुँडेसम्म आएको बाढीबाट प्रभावित नागरिकलाई अभिनेत्री एलिजा गौतमले राहत प्रदान गरेकी छन् ।

गौतमले गल्छी गाउँपालिका-३ स्थित धादिङ क्याम्पसमा आश्रय लिएर बसिरहेका बाढीपीडितलाई खाना खुवाएकी हुन्। बाढीका कारण घरबार प्रभावित भएर अस्थायी आश्रयमा बसिरहेका नागरिकलाई उनले खाना वितरण गरेकी थिइन्।

बाढीले त्यहाँका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ। कैयौँ घर तथा संरचना बगाउनुका साथै धेरै परिवारलाई विस्थापित बनाएको छ। बाढीका कारण केहीले आफ्ना आफन्तसमेत गुमाएका छन्।

विपत्तिपछि सुरक्षित स्थानमा आश्रय लिएर बसेका प्रभावित परिवारलाई अहिले पनि खाद्यान्न, आवास तथा अन्य आधारभूत आवश्यकताको खाँचो छ। यही अवस्थालाई मध्यनजर गर्दै गौतम पीडित बसेको स्थानमै पुगेर खाना खुवाएकी हुन्।

पीडितहरूसँग प्रत्यक्ष भेटघाट गर्दै गौतमले उनीहरूको अवस्थाबारे जानकारीसमेत लिएकी थिइन्। विपत्तिको समयमा पीडितको साथमा उभिनुपर्ने भन्दै उनले मानवीय सहयोगलाई प्राथमिकता दिएकी हुन्।

बाढीले घर–सम्पत्ति गुमाएका तथा आफन्त गुमाएर पीडामा रहेका परिवारका लागि यस्तो सहयोगले तत्कालको आवश्यकता पूरा गर्नुका साथै मनोबल बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाढीबाट भएको क्षतिको पूर्ण विवरण र प्रभावितको पुनःस्थापनाका लागि अझै ठूलो सहयोग आवश्यक देखिएको छ। राज्य तथा विभिन्न संघसंस्थासँगै व्यक्तिगत तहबाट हुने यस्ता सहयोगले विपत्तिमा परेका नागरिकलाई केही राहत पुग्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?