+

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

२०८३ भदौ  १६ गते ११:२५ २०८३ भदौ १६ गते ११:२५
प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्नपूर्ण न्युरो अस्पताल र कर्मचारीले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ जम्मा गरेका छन्।

१६ भदौ, काठमाडौँ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल र त्यहाँ कार्यरत कर्मचारीहरूले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

भोटेकोशी–रसुवा क्षेत्रसहित देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सघाउन अस्पतालले ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा उक्त रकम जम्मा गरेको हो।

गतबुधबार आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण सडक, पुल र भौतिक संरचनाहरूमा क्षति पुग्नुका साथै सयौँ घरपरिवार प्रभावित बनेका छन्।

यस कठिन घडीमा प्रभावितहरूको जीवनरक्षा र पुनःस्थापनाका लागि सरकारले सबै पक्षसँग सहयोगको अपिल गरेको थियो । सरकारको सोही आह्वानलाई आत्मसात् गर्दै अस्पताल व्यवस्थापन र कर्मचारीले संयुक्त रूपमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग उपलब्ध गराएका हुन् ।

प्राकृतिक विपत्तिको समयमा राज्यको प्रयासमा हातेमालो गर्नु निजी क्षेत्र र सामाजिक संस्थाहरूको पनि दायित्व रहने अस्पतालले जनाएको छ । संकटमा परेका नागरिकलाई तत्काल राहत पुर्‍याउन सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा अस्पतालले जोड दिएको छ । यो आर्थिक सहयोगले बाढीपहिरो प्रभावितको उद्धार तथा राहत अभियानमा टेवा पुग्ने अस्पतालको विश्वास जनाएको छ ।

अन्तपूर्ण न्यूरो अस्पताल बाढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय