News Summary
Generated by OK AI. Editorially reviewed.- गोल्याण ग्रुपले भोटेकोसीलगायत नदी बेसिनको बाढीबाट प्रभावितका लागि नुवाकोटको विदुर नगरपालिका–३ स्थित होल्डिङ सेन्टरमा भोजन व्यवस्था गरिरहेको छ।
- भदौ ११ देखि सञ्चालन भएको कार्यक्रममा ६८ परिवारसहित करिब ४ सय जनालाई दैनिक तीनपटक खाना र खाजा उपलब्ध गराइएको छ।
- ग्रुपले सामान्य स्वास्थ्य सेवा र बाल मनोपरामर्श सेवा पनि दिइरहेको छ भने रिलायन्स स्पिनिङ मिल्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ दिने निर्णय गरेको छ।
१६ भदौ, काठमाडौं । गोल्याण ग्रुपले भोटेकोसीलगायत नदी बेसिनमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।
ग्रुपले नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका देवीघाट क्षेत्रका बाढी प्रभावितलाई भोजनको व्यवस्था गरिरहेको छ ।
भदौ ११ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रममा होल्डिङ सेन्टरमा रहेका ६८ परिवारका सदस्यसहित आसपासका करिब ४ सय जनालाई दैनिक तीनपटक खाना तथा खाजा उपलब्ध गराइएको ग्रुपले जनाएको छ ।
भोजन व्यवस्थापनसँगै प्रभावितका लागि सामान्य स्वास्थ्य सेवा तथा बाल मनोपरामर्श सेवा पनि प्रदान भइरहेको छ । उक्त कार्यका लागि गोल्याण फाउन्डेसनमार्फत ३० जना स्वयंसेवक तथा कर्मचारी परिचालन गरिएको छ ।
यसैबीच, गोल्याण ग्रुपको अभिन्न अंग रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोसी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
ग्रुपले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4