News Summary
Generated by OK AI. Editorially reviewed.- केदारनाथ शर्माले मंगलबार औपचारिक रूपमा गृहसचिवको जिम्मेवारी सम्हालेका छन् ।
- गत सातामात्रै रक्षा मन्त्रालयबाट गृहमन्त्रालयमा सुरुवा भएका शर्मालाई रिक्त पदमा मन्त्रिपरिषद्ले जिम्मेवारी दिएको थियो ।
- पूर्वगृहसचिव राजकुमार श्रेष्ठ १५ भदौमा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा गएका थिए ।
१६ भदौ, काठमाडौं । केदारनाथ शर्माले गृहसचिवको जिम्मेवारी सम्हालेका छन् । गत सातामात्रै रक्षा मन्त्रालयबाट गृहमन्त्रालयमा सुरुवा भएका शर्माले आज मंगलबार औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन् ।
मन्त्रालयमा आयोजित गृहसचिव शर्माको स्वागत कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभागलगायतका प्रमुखहरूको उपस्थिती थियो ।
यसअघि गृहसचिव रहेका राजकुमार श्रेष्ठले भने १५ भदौबाट सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा मन्त्रिपरिषद्ले शर्मालाई जिम्मेवारी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4