News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज र भोलि धरानस्थित होटल गोर्खामा बस्दैछ।
- चार महिनाअघि पार्टीमा आएका सुदन किराती समूहलाई बैठकमा निम्तो नआएको गुनासो गरिएको छ।
- किरातीका सहयोगी नवीन मास्केले पार्टी बैठकमा बोलावट नभएको बताए भने राजन राईले दोस्रो दिनको बैठकमा नयाँ समूहलाई बोलाइएको दाबी गरे।
१६ भदौ, विराटनगर । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानस्थित होटल गोर्खामा आज र भोलि बस्दैछ ।
बैठकमा चार महिनाअघि मात्रै प्रवेश गरेका नेता सुदन किरातीको समूहलाई निम्तो नआएको गुनासो उनीहरूले छ । बैठकमा बोलावट नभएपछि किराती आफ्ना समूहका नेताहरूसँग आन्तरिक छलफलमा रहेको उनका सहयोगी नवीन मास्केले जानकारी दिए ।
‘पार्टी बैठकमा त बोलाइएको छैन,’ उनले भने, ‘एकतापछि आएको समूहलाई खबर नै भएन, उहाँहरू (सुदन किराती) छलफलमा हुनुहुन्छ ।’
यद्यपि श्रम संस्कृति पार्टी केन्द्रीय सदस्य शान्ति पाख्रिन गुरुङले आजको बैठकबाट एकतालाई अनुमोदन गरेपछि भोलिको बैठकमा सुदन किरातीको समूहलाई बैठकमा बोलाइने बताइन् ।
‘केन्द्रीय समितिको बैठकमा धेरैले वरिष्ठ श्रमदाता सुदन किरातीलाई किन नबोलाएको भनेर सोधिरहनु भएको छ,’ उनले भनिन्, ‘लास्ट टाइमको बैठकले सुदन किरातीको टिमलाई ल्याउनका लागि वार्ता समिति बनाइएको थियो, वार्ता सफल भयो, उहाँहरू आउनुभयो, आजको बैठकले एकता आधिकारिक रुपमा अनुमोदन गरेपछि भोलि फेरि बैठक बस्नेछौं ।’
सुदन किरातीको सचिवालयले भने दोस्रो दिनको बैठकमा बोलाइएको विषयमा अनविज्ञता प्रकट गरेको छ ।
किरातीको नेतृत्वमा रहेको एउटा समूह श्रम संस्कृति पार्टीमा समाहित भएको थियो । सुदन पार्टीमा आएपछि श्रम संस्कृतिको २३ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४१ सदस्यीय बनाइएको थियो ।
एकता गर्दा किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो । किराती पक्षका एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जनालाई जिम्मेवारी दिइएको थियो ।
तर पार्टीको केन्द्रीय कमिटी बैठकमा भने कसैलाई पनि नबोलाइएको पाइएको हो ।
प्रतिक्रिया 4