+
+
Shares

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ विधामा नेपाल एसियाबाट फाइनलिस्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालकी लुना लुइँटेल मिस वर्ल्डको ‘ब्यूटी विथ पर्पस’ विधामा एसिया तथा ओसियानातर्फको फाइनलिस्ट बनेकी छन् ।
  • यो विधामा बंगलादेश, मलेसिया, फिलिपिन्स, श्रीलंका र भियतनामका प्रतियोगी पनि फाइनलिस्ट छन् ।
  • लुनाले पर्वतको फलेवासस्थित दुना टपरी परियोजना प्रस्तुत गरेकी छन् ।

काठमाडौं । नेपाल भियतनाममा जारी मिस वर्ल्ड प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’को एसिया तथा ओसियानातर्फको फाइनलिस्ट बनेको छ ।

एसिया महादेशको फाइनलिस्टमा नेपालकी लुना लुइँटेलसहित बंगलादेश, मलेसिया, फिलिपिन्स, श्रीलंका र भियतनामका प्रतियोगी पनि छन् ।

सामाजिक परियोजनालाई प्रस्तुत गरिने यो विधामा नेपाल अघिल्ला संस्करणदेखिकै दाबेदार हो । मिस नेपाल लुनाले यसपटक पर्वतको फलेवासस्थित दुना टपरी परियोजना प्रस्तुत गरेकी छन् ।

अब यो विधा जित्नको लागि नेपालले आफ्नो महादेशको समूहको विजेता बन्नुपर्नेछ । त्यसपछि प्रत्येक महादेशबाट जितेर आएकालाई उछिन्नुपर्ने हुन्छ ।

यसअघि केहीपटक यो विधा जितेकाले पनि नेपाल ब्युटी विथ पर्पस विधाको दाबेदारको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?