News Summary
Generated by OK AI. Editorially reviewed.- सफ्टी हाइजिन प्रालिले रसुवाको भोटेकोशी बाढी र प्राकृतिक विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
- कम्पनीका सञ्चालक विजय पोखरेल र सुबास भण्डारीले सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
- कम्पनीले यो सहयोगले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा थप सहयोग पुग्ने विश्वास लिएको छ।
१६ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4