News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच बुधबार बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको छ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिप्रति माओमिङले दुःख व्यक्त गर्दै चीन नेपाललाई खोज, उद्दारदेखि पुनर्निर्माणसम्म सहयोग गर्न तयार रहेको बताएका छन् ।
- लामिछानेले चीनको सहयोगप्रति धन्यवाद दिँदै विपद्पूर्व सूचना प्रणालीलाई अझ सुदृढ र समन्वयात्मक बनाउन आग्रह गरेका छन् ।
१६ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।
उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा भोटेकोशी बाढीबाट भएको क्षतीबारे राजदूत माओमिङले दु:ख व्यक्त गर्दै चीनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् ।
त्यस्तै, खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको सन्देश पनि उनले सभापति लामिछानेलाई दिए । पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको जानकारी पनि राजदूत माओमिङले गराएका छन् ।
विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चिनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी राजदूत माओमिङले दिएका छन् ।
भेटवार्ताका क्रममा सभापति लामिछानेले चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
विपद्पूर्वको सूचना प्रणालीलाइ अझ सुद्रिढिकरण गर्दै थप समन्वयात्मक बनाउन पनि उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4