+
+
Shares

बाढीपीडितलाई सल्यानको एमएम एकेडेमीको १ लाख २८ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ८:४६

१७ भदौ, सल्यान । सल्यानको शारदा नगरपालिका ३मा रहेको एमएम एकेडेमी प्रा.लि. ले बाढीपीडितका लागि १ लाख २८ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ ।

विद्यालयले संस्थागत सहयोगसँगै कार्यरत शिक्षक कर्मचारी, अध्ययनरत विद्यार्थी तथा साहुटोल बजार क्षेत्रबाट रकम संकलन गरेको हो। एमएम एकेडेमी प्रा.लि.बाट ३३ हजार ८ सय २० रुपैयाँ, शिक्षक कर्मचारीबाट ३८ हजार ५ रुपैयाँ, विद्यार्थीबाट २९ हजार १५ रुपैयाँ र साहुटोल बजार क्षेत्रबाट २७ हजार ९ सय ६५ रुपैयाँ संकलन भएको हो।

विद्यालयका सञ्चालक महेश देवकोटाले बाढीपीडितलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवार तथा स्थानीय बजार क्षेत्रको सहयोगमा रकम संकलन गरिएको बताए। विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सामाजिक दायित्व भएकाले आफूहरूले सकेको सहयोग गरेको उनको भनाइ छ।

संकलित १ लाख २८ हजार ८ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको देवकोटाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?