News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरमा जग्गासम्बन्धी विवादमा गोपाल गिरीमाथि कुटपिट गरेको आरोपमा उनकी दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथ पक्राउ परेका छन्।
- डीएसपी टेकबहादुर रावतले मंगलबार राति नै पक्राउ गरिएको बताउँदै लाठीले निर्घात कुटपिट गरिएको जानकारी दिए।
- घाइते गिरीलाई थप उपचारका लागि धनगढी ल्याई माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
१७ भदौ, धनगढी । कञ्चनपुरमा जग्गासम्बन्धी विवादमा भाइमाथि कुटपिट गरेको आरोपमा दिदी–भिनाजु पक्राउ परेका छन् ।
वेदकोट नगरपालिका–७ को गाउजी बस्ने ४९ वर्षीय गोपाल गिरीमाथि कुटपिट गरेको भन्दै दिदी पार्वती नाथ र भिनाजु वलदेव नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले गिरीमाथि कुटपिट गरेको पाइएपछि उनीहरू दुवै जनालाई मंगलबार राति नै पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार जग्गा सम्बन्धी घरायसी विवादकै कारण गिरीमाथि उनीहरूले लाठीले निर्घात कुटपिट गरेका थिए ।
घाइते अवस्थाका गिरीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
गिरीको पिठ्युमा चोट लागेको छ । उनीहरूबीच जग्गा सम्बन्धी विवाद रहेको बुझिन आए पनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
उनका दिदी-भिनाजुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4