+
+
Shares

बाढी पीडितलाई केडिया परिवारको १ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ११:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी–त्रिशूलीको बाढीबाट प्रभावितका लागि केडिया परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

१७ भदौ, काठमाडौं । भदौ १० गते भोटेकोशी-त्रिशुलीका आएको बाढीबाट प्रभावितका लागि केडिया परिवारले १ करोड सहयोग गरेको छ । नेपालमा विभिन्न उद्योग सञ्चालन गरिरहेको यस परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार सो रकम जम्मा गरको हो ।

मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटी चेक हस्तान्तरण गरिएको थियो । देशका विभिन्न क्षेत्रमा देखिएको विपद्जन्य परिस्थितिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको केडिया परिवारले जनाएको छ।

केडिया परिवारका सुशील वनस्पति प्रा. लि., इन्दु शंकर चिनी उद्योग लि., सीताराम गोकुल मिल्क्स प्रा. लि. लगायत उद्योग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?