News Summary
Generated by OK AI. Editorially reviewed.- प्रभु बैंकले रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
- बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थ मन्त्रालयमा चेक बुझाएको हो।
- भदौ १० गतेको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बैंकले जनाएको छ।
१७ भदौ, काठमाडौं । प्रभु बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
मंगलबार अर्थ मन्त्रालयमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो ।
भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दालाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । विपद्बाट प्रभावित परिवारको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले आर्थिक सहयोग गरेको जनाएको छ ।
प्रभु बैंकले बाढी तथा विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेको शीघ्र उद्धार र उपचारको कामना गरेको छ । साथै बैंकले प्रभावित समुदायप्रति समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया 4