+
+
Shares

राष्ट्रिय एकता कायम गरी बेपत्ता नागरिकको खोजी र व्यवस्थापनमा लागौँ : गणेश पराजुली

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन्।
  • उनले विस्थापित सुरक्षित घर फर्कने अवस्था नबनेसम्म राहत जारी राख्न र विपत्तिको कारणबारे वैज्ञानिक छानबिन गर्न माग गरे।
  • पराजुलीले भोटेकोशी–त्रिशूली जोखिम नक्साङ्कन, प्रभावित परिवार पुनर्वास र स्थायी विशेष उद्धार संयन्त्र स्थापना गर्नुपर्ने बताए।

 १७ भदौ, काठमाडौं ।  रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी कार्य रोक्न नहुने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा पराजुलीले विपद्को समयमा राष्ट्रिय एकता कायम गरेर बेपत्ताको खोजी लगायत विपद् व्यवस्थापनका कार्यलाई निरन्तता दिनुपर्ने बताएका हुन्।

उनले विस्थापितहरू सुरक्षित घर फर्कने अवस्था नबनेसम्म राहत वितरण जारी रहने र विपत्ति विनाशकारी हुनुको यथार्थ कारण पत्ता नलागेसम्म अनुसन्धान प्रक्रिया रोक्न नहुने उल्लेख गरे। विपद्को कारण र प्रभावबारे स्वतन्त्र, बहु–विषयगत र वैज्ञानिक छानबिन हुनुपर्ने उनले माग गरे।

साथै उनले भोटेकोशी–त्रिशूली नदी प्रणालीको समग्र जोखिम नक्साङ्कन तत्काल गरिनुपर्ने बताए।  प्रभावित परिवारहरूको पुनर्वास र जीविकोपार्जन पुनरुत्थानका लागि स्पष्ट समयबद्ध कार्ययोजना आउनुपर्ने उनले बताए।

हिमाली विपद् तथा टनेल रेस्क्युका लागि स्थायी राष्ट्रिय विशेष उद्धार संयन्त्र स्थापना गरिनुपर्ने समेत उनको भनाइ छ । नेपाल शोकमा रहे पनि बन्द नभएको सन्देश दिँदै सुरक्षित गन्तव्यहरूको आधिकारिक जानकारी लिएर भ्रमणलाई निरन्तरता दिन उहाले विश्व समुदायलाई आग्रह गरे।

कठिन समयमा नेपालको पर्यटन जोगाउनु नै मुलुकको पुनरुत्थानमा ठूलो सहयोग हुने उनको भनाइ छ। नेपालले विश्वसँग केवल सहानुभूति मात्र नभई जलवायु संकटमा न्यून भूमिका भएर पनि असमान मूल्य चुकाउनु परेकाले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाउनुपर्नेमा उनको जोड थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?