+
+
Shares

चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव शर्मालाई

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
  • मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले अध्यक्ष नियुक्ति प्रक्रिया चाँडै खुला प्रतिस्पर्धाबाट सुरु हुने बताए।
  • ११ भदौमा दिनेश डीसीको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त छ।

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई अध्यक्ष नियुक्त नभैञ्जेलसम्म कामकाज हेर्ने गरि चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

उनलाई मंगलबारको मन्त्रस्तरीय निर्णयले बोर्डको जिम्मेवारी तोकेको मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले बताए । शर्माले बुधबारदेखि कार्यभार थालेका छन् ।

‘उहाँलाई अध्यक्षमा नियुक्त नभइ त्यतिञ्जेलसम्म काम गर्न जिम्मा दिइएको हो’ पौड्यालले भने ।

बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया चाँडै सुरु गरिने जानकारी उनले दिए । ‘सचिवज्यू बाहिर हुनुहुन्छ । बाढी लगायतका कारणले केही ढिला भएको हो । चाँडै खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरि अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु हुनेछ’ उनले भने ।

११ भदौमा दिनेश डीसीको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?