+
+
Shares

हतियार प्रहार गरेर लुटपाट गर्ने समातिए

हतियार प्रहार गरेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको चन्द्रागिरी छुकिनटोलमा हतियार प्रहार गरी मोबाइल र ३ हजार लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा बालाजुका १९ वर्षीय राजन अर्याल, सोलुखुम्बुका १९ वर्षीय आयुष राई र काठमाडौंका २२ वर्षीय विशाल लामा छन्।
  • प्रहरी थानकोटको टोलीले मंगलबार राति साढे ९ बजे पक्राउ गरी चोरी तथा डाँका कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

१७ भदौ, काठमाडौं । हतियार प्रहार गरेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको बालाजु बस्ने १९ वर्षीय राजन अर्याल, सोलुखुम्बुका १९ वर्षीय आयुष राई र काठमाडौंकै २२ वर्षीय विशाल लामा छन् । उनीहरुलाई प्रहरी थानकोटको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले मंगलबार राति साढे ९ बजेतिर चन्द्रागिरीको छुकिनटोलस्थित सडकमा उनीहरुले एक व्यक्तिलाई धारिलो हतियार प्रहार गरी मोबाइल र३ हजार लुटपाट गरेका थिए ।

पक्राउ परेकाहरुलाई चोरी तथा डाँका कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?