News Summary
Generated by OK AI. Editorially reviewed.- क्यानोइङका विजय माझी २०औं एसियाली खेलकुदका लागि वैदेशिक प्रशिक्षण गर्न बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने भएका छन्।
- उनी थाइल्यान्डबाट असोज ३ देखि १८ गतेसम्म जापानको आइची/नागोयामा हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छन्।
- क्यानोइङका अर्का खेलाडी आशिष राना मगर जापानमै प्रशिक्षणरत छन् र टोलीलाई सदस्य–सचिव रामचरित्र महेताले बुधबार बिदाइ गरे।
१८ भदौ, काठमाडौं । क्यानोइङका विजय माझी २०औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि बिहीबार थाइल्यान्ड प्रस्थान जाने भएका छन् ।
विजय त्यत्तैबाट असोज ३ देखि १८ गतेसम्म जापानको आइची÷नागोयमा हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छन् ।
क्यानोइङमा सहभागी हुने अर्का खेलाडी आशिष राना मगर जापानमै प्रशिक्षणरत छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र महेताले बुधबार बिदाइ गरे ।
प्रतिक्रिया 4