News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी बाढीमा बेपत्ता १ हजार २५२ जनाको शव फेला परेको छ ।
- प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनमा शव फेला परेको जनाएको छ ।
- बाढीमा अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन्, ११ हजार ९९३ जनाको उद्धार गरिएको छ र ५ हजार १३५ जना घाइते भएका छन् ।
१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाएको हो ।
प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकवटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4