News Summary
Generated by OK AI. Editorially reviewed.- डाँका चोरी मुद्दाका फरार प्रतिवादी ३० वर्षीय सागर तामाङ भन्ने बिजय मोक्तानलाई काठमाडौंको कीर्तिपुर नगरपालिका–३ बाट प्रहरीले पक्राउ गरेको छ।
- जिल्ला अदालत भक्तपुरले उनलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
- २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट भागेका उनलाई पुनः कारागार पठाइएको छ।
१८ भदौ, काठमाडौं । डाँका चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ घर भएका ३० वर्षीय सागर तामाङ भन्ने बिजय मोक्तान छन् । उनलाई जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा ५ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो ।
सजाय भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका३ बाट पक्राउ गरेको हो ।उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4