+
+
Shares

कम्पनी दर्ता नै नगरी १८ वर्षदेखि चक्लेट उत्पादन, गुप्तचरको सूचनापछि कम्पनीमा ताला

सूर्य कन्फेस्नरी नाममा कम्पनी खोलेर गुणस्तरहीन चक्लेट १८ वर्षदेखि उत्पादन गर्दै बजार पठाउने गरिएको पाइएको छ । जबकि यो कम्पनी कतै पनि दर्ता नभएको सुरक्षा अधिकारीले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कम्पनी दर्ता नै नगरी १८ वर्षदेखि सूर्य कन्फेस्नरीले गुणस्तरहीन चक्लेट उत्पादन र बजारमा पठाएको खुलेको छ ।
  • राष्ट्रिय अनुसन्धान विभागको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त चक्लेट कम्पनीमा ताला लगाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जिम्मा लगाएको छ ।
  • कम्पनीले देशभर चक्लेट पठाउने र नयाँबसपार्क, कलंकी, कोटेश्वर, गौशलामा भण्डारण गर्ने गरेको पाइएको छ ।

१८ भदौ, काठमाडौं । कम्पनी नै दर्ता नगरी विगत १८ वर्षदेखि निरन्तर रूपमा चक्लेट उत्पादन भइरहेको खुलेको छ ।

राष्ट्रिय अनुसन्धान विभागको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त चक्लेट कम्पनीमा अहिले ताला लगाएको छ ।

सूर्य कन्फेस्नरी नाममा लेबलिङ गरेर गुणस्तरहीन चक्लेट १८ वर्षदेखि उत्पादन गर्दै बजार पठाउने गरिएको पाइएको छ । जबकि यो कम्पनी कतै पनि दर्ता नभएको सुरक्षा अधिकारीले बताएका छन् ।

९ भदौमा कम्पनीमा ताला लगाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई कारबाहीका लागि जिम्मा लगाइएको छ । सुरक्षा अधिकारीका अनुसार २०६६ सालदेखि यसरी चक्लेट उत्पादन गर्दै बजारमा बठाउने गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा अनिवार्य गर्दा गरेर प्रयोगशाला परीक्षण गरेर मापदण्ड पूरा भएपछि मात्रै बजारमा पठाउन सकिने व्यवस्था छ । तर सूर्य कन्फेस्नरीले यो सबै प्रक्रिया उल्लंघन गरेको बताइन्छ ।

यो कम्पनीले उत्पादन गरेका चक्लेटहरू देशैभरी पठाउने गरेको पाइएको छ । यसरी उत्पादन गरेका चक्लेटहरु नयाँबसपार्क, कलंकी, कोटेश्वर, गौशलामा भण्डारण गर्ने गरेको पाइन्छ । विदेशी कम्पनीले उत्पादन गर्ने जस्तै आकारको चक्लेट बनाई ग्राहकलाई झुक्याएर मूल्य सूची समेत पसलै पिच्छे फरक भएको पाइएको छ ।

राष्ट्रिय अनुसन्धान विभागमा टेकेन्द्र कार्की प्रमुख भएपछि अहिले फाइनान्सिलय इन्टेलिजेन्स युनिट स्थापन गरिएको छ । यसको प्रमुखमा सहअनुसन्धान निर्देशक उत्तम खनाल छन् । यो युनिटले राजस्व छली, चुहावट तथा अन्य गैर कानुनी क्रियाकलापको नियन्त्रण गर्न सूचना संकलन गरेर काम गरिरहेको छ ।

यही युनिटले काठमाडौंमा अवैध रूपमा सञ्चालन भएका डेन्टल अस्पताल, अवैध सूर्ति गोदाम, सीमानाकाबाट हुने तस्करी लगायतको समेत सूचना संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?