मुम्बइ । बलिउड अभिनेता शाहरुख खान फेरी बिवादमा परेका छन् ।
अहिले प्रदर्शन भईरहेको फिल्म ‘ह्याप्पी न्यु इयर’को एउटा गीतको विषयमा उनलाई झमेला भएको हो । अहिले शाहरुखलाई बिना अनुमति फिल्ममा गीतको प्रयोग गरेको अभियोग लागेको छ ।
अहिले निकै राम्रो कमाई गरिरहेको यस फिल्ममा राखिएको ‘शराबी’ बोलको गीत विना अनुमति राखेको भन्दै गायक सुरजले शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीजलाई पत्र लेखेका छन् ।
विना अनुमति शाहरुखले गीत प्रयोग गरेको आरोप लगाउने सुरजले यही गीत सन् २०१२ मा आरडीबी ग्रुपले रिलिज गरेको बताउँदै सोही समुहसँग गीतको कपीराइट भएको दाबी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4