१८ भदौ, इलाम । बेलिब्रिजको सामग्री बोकेको ट्रक बिहीबार इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी२९बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा ट्रकका सहचालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन् ।
दुर्घटनामा ट्रक चालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३० वर्षीय रबिन बर्मुन र ट्रकमा सवार सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका उनले बताए ।
घाइते दुवै जनालाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4