+
+
Shares

सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार थप एक जना व्यक्तिको अहिले जीवितै उद्धार गरिएको छ । योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।
  • इन्जिनियर उदयराज न्यौपानेका अनुसार जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।
  • नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा खटिरहेको छ ।

१९ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार थप एक जना व्यक्तिको अहिले जीवितै उद्धार गरिएको छ । योसँगै जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा खटिरहेको छ ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?