+
+
Shares

बाढीमा ज्यान गुमाएकाको सम्झनामा शान्ति र्‍याली 

हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत स्थानमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चीरशान्तिको कामना गर्दै आज हेटौँडामा शान्ति र्‍याली गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले भोटेकोशी बाढीमा रसुवा, नुवाकोट र धादिङलगायतमा ज्यान गुमाएकाको आत्माको चीरशान्तिको कामना गर्दै हेटौँडामा शान्ति र्‍याली गरेको छ।
  • संस्थाको पाँचौँ साधारणसभाको अवसरमा भुवनेश्वर पशुपति मन्दिरबाट सुरु भएको र्‍याली विभिन्न मार्ग हुँदै सोही मन्दिरमा पुगेर सभामा परिणत भएको थियो।
  • अध्यक्ष राजु थापा मगरले बाढीमा दिवङ्गत, घाइते र सम्पर्कविहीन भएकाको लागि कामना गरिएको बताउनुभयो।

२० भदौ, बागमती । हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत स्थानमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चीरशान्तिको कामना गर्दै आज हेटौँडामा शान्ति र्‍याली गरेको छ ।

संस्थाको पाँचौँ साधारणसभासमेतको अवसर पारी हेटौँडा उपमहानगरपालिका-४ स्थित भुवनेश्वर पशुपति मन्दिरबाट सुरु भएको शान्ति र्‍याली फोरेष्ट्री गेट, मेनरोड, बुद्ध चोक, नगरपालिका रोड, मनकामना चोक, भैरव रोड हुँदै पुनः भुवनेश्र पशुपति मन्दिर पुगी सभामा परिणत भएको थियो ।

प्राकृतिक विपद्मा परी दिवङ्गत हुनुभएका व्यक्तिहरूको आत्मा चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका साथै सम्पर्कविहीन भएका व्यक्तिहरूको सकुशल परिवारसँगको मिलनको कामना गर्दै शान्ति र्‍याली आयोजना गरिएको हिमालय राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिए।

कार्यक्रममा भुवनेश्वर पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ पाण्डे, रमेशबहादुर कोइराला लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए। उक्त अवसरमा संस्थामा आबद्ध दश जना व्यक्तिलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?