News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले अपर त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको छ।
- सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार भएको जानकारी दिएको छ।
२० भदौ, काठमाडौं । अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ। भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ। उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो।
यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो।
२१६ मेगावाटको अपर त्रिशूली-१ चिनियाँ ठेकेदारले निर्माणको काम गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4