News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरको राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे राधाकृष्ण रथयात्रा सुरु भएको छ।
- रथयात्रा तीनपैनी, गोल्छा, मेनरोड, ट्राफिक, रोडशेष, महेन्द्र, कोशी राजमार्ग, बरगाछी र दुर्गा चोक हुँदै मन्दिर फर्किनेछ।
- करिब ८ किलोमिटर यात्राका ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको र भेटी भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनमा प्रयोग गरिने बताइएको छ।
२० भदौ, विराटनगर । विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा निकालिएको छ। विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्राले बजार परिक्रमा गर्नेछ। राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु भएको रथयात्राले बजार क्षेत्र परिक्रमा गर्नेछ। विराटनगरको पानीट्यांकी चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ।
त्यसपछि बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा फर्किनेछ। करिब ८ किलोमिटर दुरीको यात्रामा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ। रथयात्राका क्रममा भेटीबापत संकलन हुने रकम भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापन लागि प्रयोग गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4