+
+
Shares

चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो :  प्रधानमन्त्री

उनले लेखेका छन्, ‘यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते २०:०९

२० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा ११ औं दिनमा ६४ वर्षीया चन्डिका श्रेष्ठको उद्धारले सिंगो देशलाई आशा दिएको बताएका छन् । शनिबार राति फेसबुकमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्डिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ,’ उनले लेखेका छन्, ‘यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’

त्यसअघि पनि सरकारले वृद्धहरूको उद्धार गरिसकेको उनले दाबी गरेका छन् । ‘यसअघि पनि हामीले चन्डिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेका छौं,’ प्रधानमन्त्री बालेनले लेखेका छन् ।

यस्तै, कतिपय आमाबुबाले आफ्नो ज्यानको अलिकति पनि परवाह नगरी, काँपिरहेका हातहरूले नातिनातिनाहरूलाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाएको उनले भनेका छन् ।

‘लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडाहरूमा त्यो क्षणमा आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आयो,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन्, ‘बाढीका कारण वृद्धआश्रममा बसिरहनुभएका आमाबुबाहरू समेत भाग्नुपर्‍यो ।’

उनले ज्येष्ठ नागरिकहरूलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन् । ‘जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?