फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेको कोहलपुर नगरपालिका–१२ र बैजनाथ गाउँपालिका–४ का ५ जना जुवाखेल्ने आरोपमा पक्राउ परेका छन् ।
- इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको इन्स्पेक्टर कमल थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
- उनीहरूको साथबाट २ लाख २ हजार ४४५ रुपैयाँ बरामद भएको छ ।
२१ भदौ, काठमाडौं । बाँकेमा जुवा खेलेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बाँकेको कोहलपुर नगरपालिका–१२ का ३६ वर्षीय धनबहादुर परियार, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर बस्याल, ५६ वर्षीय बेलबहादुर डाँगी, ३६ वर्षीय राम गुरुङ र बैजनाथ गाउँपालिका–४ का ४३ वर्षीय कुलबहादुर वली छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको इन्स्पेक्टर कमल थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २ लाख २ हजार ४४५ रुपैयाँ बरामद भएको छ । बाँकेमा पछिल्लो समय किरियापुत्री बसेको घरमा जुवातास खेल्ने प्रवृत्ति देखिएको प्रहरीले बताएको छ ।
जुवा खेल्ने समूहले किरियापुत्री बसेको घर खोज्दै खेल्ने प्रवृत्ति देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4