News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री रजनी केसीले नुवाकोटको विदूर नगरपालिकास्थित टारमा भोटेकोशी बाढी पीडितका लागि स्वास्थ्य शिविर सञ्चालन गरेकी छन्।
- सुदीप पण्डितसहितको चिकित्सकीय टोली लिएर पुगेकी केसीले करिब साढे दुई सय बिरामीको स्वास्थ्य जाँच गरी औषधि वितरण गरिन्।
- केसीले खाद्यन्न, लत्ताकपडा, सरसफाइ सामग्री, बालबालिकाका शैक्षिक सामग्री र खेल्न सकिने राहत सामग्री पनि वितरण गरेकी छन्।
काठमाडौं । अभिनेत्री रजनी केसीले भोटेकोशी बाढी पीडितको लागि नुवाकोटको विदूर नगरपालिकास्थित टारमा स्वास्थ्य शिविर सञ्चालन गरेकी छन् । नुवाकोट केसीको गृहजिल्ला पनि हो ।
काठमाडौंबाट सुदीप पण्डितसहितको चिकित्सकीय टोली लिएर उनी त्यहाँ पुगेकी हुन् । त्यहाँ उनले बाढी प्रभावितको स्वास्थ्य जाँच गर्दै आवश्यक औषधि पनि वितरण गरिरहेकी छन् ।
फार्मेसिस्ट समेत रहेकी केसी बाढी प्रभावितको उद्धार, राहत संकलन र वितरणमा खटिएकी छन् । पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा आयोजित शिविरमा करिब साढे दुई सय बिरामीले सेवा लिएको उनले बताइन ।

केसीले बाढी प्रभावितलाई खाद्यन्न, लत्ताकपडा, सरसफाइ सामाग्री तथा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । साथै, मनोवैज्ञानिक उपचारस्वरुप खेल्न सकिने राहतका सामग्री पनि दिएकी छन् ।
नुवाकोट टुप्चेकी स्थायी बासिन्दा केसीले बाढीमा केही आफन्तलाई पनि गुमाएकी छिन् । त्यो पीडाको बाबजुद आफू राहत र उद्वार कार्यमा खटिएको रजनी बताउँछिन् । रजनी अभिनित फिल्म ‘परदेशी’ बक्सअफिस हिट फिल्म हो । उनी अभिनित ‘छ माया छपक्कै २’ दशैंमा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4