News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको नागोयास्थित करिया हलमा भएको किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा अविरल घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै ७० केजीमा च्याम्पियन बने ।
- अविरलको २९ अन्तरराष्ट्रिय प्रतियोगितामा यो २१ औं जित हो, जसमा २० जित नकआउट आधारमा भएका छन् ।
- जितपछि अविरलले रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
२१ भदौ, काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन् ।
जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा’ उपनामले चिनिने अविरलले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै च्याम्पियन बने । माथन २०२५ का च्याम्पियन हुन् ।
करियरको २९ अन्तरराष्ट्रिय प्रतियोगितामा चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधाराका अविरलको २१ औं जित हो । २१ जित मध्ये अविरल २० खेलमा नकआउट आधारमा विजयी भएका छन् ।
जितपछि अविरलले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले हालसम्म आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत दिए ।
प्रतिक्रिया 4