+
+
Shares

संविधान पूर्ण कार्यान्वयन नगरी संशोधनको बहसमा पुग्नु उचित होइन : नेता परियार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता जीवन परियारले संविधान पूर्ण कार्यान्वयन नगरी संशोधनको बहसमा पुग्नु उचित नभएको बताएका छन् ।
  • ललितपुरको गोष्ठीमा उनले संविधानले तोकेको मौलिक हक कार्यान्वयनका लागि आवश्यक ऐन र कानून अझै नबनेको बताए ।
  • उनले २०१५ सालदेखि कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे पूर्ण कार्यकाल पूरा नगरेको र दलित तथा महिलामाथि उत्पीडन कायमै रहेको उल्लेख गरे ।

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले संविधान पूर्णरूपमा कार्यान्वयन नगरी संविधान संशोधनको बहसमा पुग्नु उचित नभएको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित ‘पुनर्विचार: समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उनले संविधान जारी भएको लामो समय बितिसक्दा समेत संविधानले दिएको मौलिक हक कार्यान्वयनका लागि आवश्यक ऐन तथा कानून समेत बन्न नसकेको बताए ।

संविधानमै संविधान निर्माण भएको तीन वर्षभित्र बन्नुपर्ने भनिएका कानून हालसम्म निर्माण हुन नसकेको बताउँदै उनले संविधान कार्यान्वयनको अवस्था एकदमै कमजोर रहेको बताए ।

‘संविधान निर्माण भएको यति लामो समय भइसक्यो । आजसम्म पनि संविधानको मौलिक हक कार्यान्वयन गर्ने ऐन बनेको छैन । अहिले पनि संविधानअनुसार बन्नुपर्ने कयौँ ऐन र कानूनहरु बन्न सकेका छैनन् । संविधान निर्माण भएको तीन वर्षसम्म बन्नुपर्ने कानून आजसम्म पनि बनेका छैनन् । आज संविधान कार्यान्वयनको यो स्थितिमा हामी छौं । २०१५ देखि हालसम्म कुनैपनि प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेको छैन,’ उनले भने ।

नेता परियारले २०१५ सालदेखि हालसम्म कुनैपनि प्रधानमन्त्रीले पाँच वर्षको पूर्ण कार्यकाल पूरा गर्न नसकेको कारण मुलुकले गति लिन नसकेको समेत बताए । संविधान संशोधन आवश्यक छैन भन्ने पक्षमा आफू नरहेको पनि उनको भनाइ थियो ।

‘संविधान कार्यान्वयन नै नगरिकन संविधान संशोधनको कुरामा आइपुगेका छौँ । फेरि संशोधन आवश्यक छैन भन्दिनँ म, आवश्यक छ । मैले त्यतिबेला भनेको थिएँ, आज दलित समुदाय, सामाजिक, आर्थिक, राजनीतिक सबै किसिमबाट पछाडि पारिएको छ । त्यो पनि राज्यले नै महिला र दलितलाई उत्पीडनमा राख्ने पढ्नै नदिने अवस्था थियो । त्यसकारण नेपालको कानून अहिले पनि सामन्तवादी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?