News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी एकताका लागि पाँच प्रस्ताव कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेस गरे।
- उनले पुरानो र हालको कार्यसम्पादन समिति सभापतिको नेतृत्वमा एकीकृत गर्ने र विधानको धारा निलम्बन गरी केन्द्रीय कार्यसमितिको संख्या बढाउने प्रस्ताव गरे।
- केसीले १५ औँ महाधिवेशनको अन्तिम मिति सर्वसम्मत रूपमा एक महिनापछि कार्तिक १७–१९ तोक्ने प्रस्ताव पनि गरे।
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी एकताका लागि पाँच वटा प्रस्ताव पेस गरेका छन्। कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केसीले पाँच प्रस्ताव पेस गरेका हुन्।
उनले पुरानो कार्यसम्पादन समिति र हालको कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा एकीकृत गर्नेदेखि विधानको धारा निलम्बन गरी केन्द्रीय कार्यसमितिको संख्या बढाउनेसम्मका प्रस्ताव गरेका छन्।
त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निष्पक्ष महाधिवेशन गर्ने सबै अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिने उनको प्रस्ताव छ।
उनले कार्यसम्पादन समितिले नै महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन र अनुशासन समिति थपघट गर्न सक्ने प्रस्ताव पनि गरेका छन्।
यस्ता छन् उनका पाँच प्रस्ताव
१) विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो कार्य सम्पादन समितिलाई र हालको कार्यसम्पादन समिति सभापतिको नेतृत्वमा एकीकृत गर्ने ।
२) विधानको सम्बन्धित धारा निलम्बित गरी केन्द्रीय कार्यसमितिको संख्या परामर्शमा आवश्यकता अनुसार बढाउने ।
३) केन्द्रीय कार्यसमितिको प्रथम बैठकले निष्पक्ष महाधिवेशन गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिने ।
४) कार्यसम्पादन समितिले नै महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन र अनुशासन समिति थप घट गर्ने । र महाधिवेशन निष्पक्ष हुने प्रत्याभूति दिने ।
५) १५ औँ महाधिवेशन अन्तिम मिति सर्वसम्मत रूपमा एक महिनापछि कार्तिक १७–१९ तोक्ने । उक्त कार्यतालिका कुनै पनि बहानामा नसार्ने गरी समितिले पूर्णप्रतिबद्धता जनाउने ।
प्रतिक्रिया 4