News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार नेपाली ठूलो र भारतीय ठूलो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ११ रुपैयाँले बढेको छ।
- सोमबार दुवै ठूलो गोलभेँडा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८६ रुपैयाँमा किनबेच भइरहेको छ।
- लोकल गोलभेँडा प्रतिकिलो ९ रुपैयाँ र टनेलको गोलभेँडा ७ रुपैयाँले बढेर सोमबार नयाँ भाउमा किनबेच भइरहेको छ।
२२ भदौ, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गोलभेँडाको मूल्यवृद्धि भएको देखाएको हो ।
नेपाली ठूलो गोलभेँडाको र भारतीय ठूलो गोलभेँडाको भाउ हिजो आइतबारको तुलनामा आज सोमबार थोकमा प्रतिकिलो ११ रुपैयाँले बढेको छ । आज सोमबार दुवै गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८६ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो आइतबार भने यी गोलभेँडा न्यूनतम ७० देखि अधिकतम ८० तथा औसत ७५ रुपैयाँमा किनबेच भएको थियो ।
लोकल गोलभेँडाको मूल्य पनि थोकमा प्रतिकिलो ९ रुपैयाँ बढेको छ । हिजो आइतबार न्यूनतम २८ देखि अधिकतम ३८ र औसत ३२ रुपैयाँमा बिक्री भएको लोकल गोलभेँडा सोमबार न्यूनतम ३५ देखि अधिकतम ४५ र औसत ४१ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आज टनेलको गोलभेँडा पनि प्रतिकिलो ७ रुपैयाँले बढेर न्यूनतम ५० देखि अधिकतम ६५ र औसत ५८ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया 4