News Summary
Generated by OK AI. Editorially reviewed.- वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा १२ खर्ब ९२ अर्ब थुप्रिएको छ ।
- तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले सोमबार पनि ३५ अर्बको निक्षेप संकलन उपकरण जारी गरेको छ ।
- गत बुधबारसम्म वित्तीय प्रणालीमा करिब ५६ अर्ब तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।
२२ भदौ, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा १२ खर्ब ९२ अर्ब थुप्रिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अधिक तरलतालाई निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता तथा अल्पकालीन ब्याजदरको अस्वभाविक उतारचढाव व्यवस्थापनका लागि वित्तीय प्रणालीको तरलता खिच्ने वा पठाउने गर्छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापन मार्फत अन्तर बैंकदरलाई नियन्त्रण गर्छ ।
वित्तीय प्रणालीमा अधिक तरलता कायमै भएपछि सोमबार पनि केन्द्रीय बैंकले ३५ अर्बको निक्षेप संकलन उपकरण जारी गरेका छ । रेमिट्यान्स आप्रबाहमा भएको निरन्तर सुधारले पनि वित्तीय प्रणालीमा तरलता बढेको हो । तयसका साथै सुस्त अथतन्त्रका कारण वित्तीय क्षेत्रमा कर्जाको माग बनढ्दा पनि तरलता बढ्न थाप मद्दत पुगेको हो ।
राष्ट्र बैंकका अनुसार गत बुधबारसम्ममा वित्तीय प्रणालीमा करिब ५६ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेका पैसा परिपक्व हुने भएपछि त्यसलाई फेरि खिच्नका लागि निक्षेप संकलन उपकरण केन्द्रीय बैंकले जारी गरेको हो ।
निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँड गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ५.७५ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4