News Summary
Generated by OK AI. Editorially reviewed.- मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ।
- तीनवटै संस्थाबीच सोमबार प्रस्तावित प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
- प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक र प्रचलित कानुनबमोजिम स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयन हुनेछ।
२२ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।यससम्बन्धी सोमबार प्रारम्भिक सम्झौता भएको छ।
तीनवटै संस्थाका प्रतिनिधिबीच प्रस्तावित प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ।
प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्यांकन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (ड्यु डिलिजेन्स), सेयर आदानप्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ।
प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ।
तीनवटै संस्थाले प्रस्तावित प्राप्ति प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाको पालना गर्ने र सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया 4