News Summary
Generated by OK AI. Editorially reviewed.- नापी कार्यालय कपिलवस्तुले बुद्बभुमि वडा नं ७ का ३३८ र वडा नं ८ का ३९२ गरी ७३० स्वबासि परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
- नापजाँच भएको करिब १३ वर्षपछि आवश्यक प्रक्रिया पूरा गर्दै पुर्जा वितरण गरिएको भूमि मन्त्रालयले जनाएको छ ।
- यसअघि सोही नगरपालिकाको वडा नं ५, ६ र १० मा २४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।
२३ भदौ, काठमाडौं । नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा नं ७ का ३३८ र ८ का ३९२ गरि जम्मा ७३० स्वबासि परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो ।
विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ७३० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ७३० परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेको भूमि मन्त्रालयले जनाएको छ ।
यसअघि सोही नगरपालिकाको वडा नं ५,६ र १० मा २४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4