+
+
Shares

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन   

रासस रासस
२०८३ भदौ २३ गते ८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकमा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीका ६ हजार ३२९ निवेदन जिल्ला भूमि समस्या समाधान समितिमा परेका छन्।
  • नापी कार्यालयका प्रमुख अशोक भुसालका अनुसार तीमध्ये ७०७ सुकुमवासी, १८३ दलित र ५ हजार ४३९ अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्ट भइसकेको छ।
  • प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले एक हजार दिनभित्र भूमिहीनको व्यवस्थापन गर्ने सरकारी लक्ष्यअनुसार विवरण सङ्कलन र प्रविष्टिको काम भइरहेको बताए।

२३ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएपछि जमिन पाउने आशामा उनीहरुले निवेदन दिएका हुन् ।

हालसम्म छ हजार ३२९ भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको जिल्लास्थित नापी कार्यालयले जनाएको छ ।

जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीनले निवेदन दिएको नापी कार्यालयका प्रमुख अशोक भुसालले जानकारी दिए । उनका अनुसार कुल निवेदनमध्ये जिल्लाका भूमिहीन सुकुमवासी ७०७ , भूमिहीन दलित १८३ र अव्यवस्थित बसोबासी पाँच हजार ४३९ को तथ्याङ्क प्रविष्ट भइसकेको छ ।

सरकारले गत जेठको तेस्रो साता नयाँ जिल्ला भूमि समस्या समाधान समिति गठन गरेसँगै समितिले जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने काम अघि बढाएको थियो ।

समितिले जिल्लास्थित संघीय तथा प्रदेशका सांसद, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गरी छुट निवेदन माग गरिएको जनाइएको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असार मसान्तभित्र जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित तथा अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी निर्देशानुसार विवरण प्रविष्टिलगायतको काम भइरहेको बताए ।

उनका अनुसार सरकारले एक हजार दिनमा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिसक्ने लक्ष्यअनुसार नै जिल्लामा पनि काम भइरहेको छ ।

विगतमा छुटेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी प्रविष्ट गर्ने काम भइरहेको अधिकारीको भनाइ छ ।

‘विवरण सङ्कलनका क्रममा विगतमा भएका त्रुटिलाई सच्याउँदै प्रक्रिया अघि बढाइएको छ, कसैले बदनियत राखेको पाइए कारबाही गर्नेछौँ,’ अधिकारीले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?